सन्दीपमाथि मात्र होइन रोनाल्डो र नेइमारमाथि पनि लागेको थियो बलात्कारको आरोप
काठमाडौं । यतिबेला नेपालका स्टार क्रिकेटर सन्दीप लामिछानेमाथि एक १७ वर्ष सात महिनाकी किशोरीले बलात्कारको आरोप लगाएकी छिन् । यसको छिनोफानो हुन बाँकी नै छ ।
खाली सन्दीपलाई मात्र होइन पोर्चुगलका विश्व चर्चित फुटबलर सुपरस्टार क्रिस्टियानो रोनाल्डो र ब्राजिलका स्टार नेइमार जुनियरमाथि पनि बलात्कार गरेको आरोप लागेको थियो ।

रोनाल्डोमाथि एक अमेरिकी महिलाले बलात्कारको आरोप लगाएकी थिइन् ।
३४ वर्षकी शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९ मा रोनाल्डोले आफूलाई होटलको बाथरुममा बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यो बेला मोडल रहेकी क्याथरिनले घटनाको खुलासा भने सन् २०१८ मा मात्रै गरेकी थिइन् ।
रोनाल्डोले भने आरोपको खण्डन गर्दै क्याथलिनले आफू चर्चित हुनलाई आफूलाई आरोप लगाएको बताएका थिए ।

अमेरिकी प्रहरीले अनुसन्धान गरे पनि बलात्कार पुष्टि हुन सकेन । त्यसपछि रोनाल्डोले सफाइ पाए ।
यस्तै, सन् २०१९ काे जुनमा ब्राजिलयन स्टार फुटबलर नेइमारमाथि पनि बलात्कारको आरोप लागेको थियो । उनलाई एक ब्राजिली महिलाले बलात्कारको आरोप लगाएकी थिइन् ।
परिचय नखुलेकी एक महिलाले ब्राजिलस्थित साओ पाउलोमा नेइमारविरुद्ध बलात्कारको उजुरी दिएकी थिइन् ।
नेइमारले ब्राजिलबाट पेरिस बोलाएरआफूमाथि बलात्कार गरेको आरोप ती महिलाको भनाइ थियो ।
उजुरीपछि ब्राजिली अधिकारीहरूले घटनामाथि अनुसन्धान गरेका थिए ।

नेइमारमाथिको आरोपको उनका पिता नेइमार सिनियरले खण्डन गर्दै आफ्ना छोरालाई ती आरोपीले त्यतिकै प्रताडित गर्न लागेको प्रतिक्रिया दिएका थिए ।
आफूमाथिको बलात्कारको आरोप पुष्टि नभएपछि पीडित भनिएकी ती महिलामाथि नै उल्टै नेइमारले उजुरी दिएका थिए । आफ्नो चरित्रहत्या भएको भन्दै क्षतिपूर्तिको माग दाबी गरिएको थियो ।
रोनाल्डो र नेइमारमाथि बलात्कारको आरोप लागे पनि उनीहरूलाई पक्राउ नगरी अनुसन्धान गरिएको थियो । नेपालको कानुनमा भने आरोप लाग्नेबित्तिकै पक्राउ गरिने प्राबधान राखिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया