के भयो रुस र युक्रेनबीचको वार्ता ?
काठमाडौं । रुस र युक्रेनबीच सोमबार भएको पहिलो चरणको शान्तिवार्ता सकिएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौं दिन छिमेकी मुलुक बेलारुसमा यी दुई देश वार्ताको टेबलमा बसेका थिए । तर पहिलो चरणको वार्ता खासै परिणाममुखी नभएको बताइएको छ । त्यसो त, पहिलो चरणकै वार्ताबाट खासै ठूलो नतिजा निकाल्ने अपेक्षा पनि गरिएको थिएन ।
पहिलो चरणको वार्तापछि प्रतिक्रिया दिँदै युक्रेनी अधिकारीले आवश्यक परामर्शपछि दोस्रो चरणको वार्तामा बस्ने सहमति भएको बताएका छन् ।
आगामी वार्ताको मिति तय नभए पनि केही दिनभित्र बस्ने रुसी अधिकारीले बताएका छन् ।
दुई देश शान्तिवार्ताको टेबलमा रहे पनि आक्रमण भने रोकिएको छैन । रुसले युक्रेनका लगभग सबैजसो दिशाबाट आक्रमण गरिरहेको छ । तथापि, रुसले अहिलेसम्म युक्रेनको कुनै पनि क्षेत्रमा कब्जा जमाउन सकेको छैन ।
यसैबीच मानव अधिकारवादी संस्था ह्युमन राइट्सले रुसले आवासीय क्षेत्रमा गरेको गोलाबारीप्रति खेद प्रकट गरेको छ । उसले रुसको यो कार्य मानवताविरुद्धको अपराध भनेको छ ।
तर रुसले भने आवासीय क्षेत्रमा आक्रमण नगरेको भन्दै आफ्नो बचाउ गरेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया