संसद् बैठक सर्यो, शुक्रबार बिहान ११ बजेका लागि तय

काठमाडाैं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरेको छ । संसद् बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको थियो । सभामुख
अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि सारिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।
प्रतिक्रिया