भारतले जित्यो यु-१७ साफको उपाधि, नेपाल उपविजेतामा सीमित
काठमाडौं । श्रीलंकामा भएको भएको साफ यु–१७ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ ।
कोलम्बोमा बुधबार राति भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई ४–० गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो । फाइनलमा पराजित भएसँगै नेपाल भने उपविजेतामा सीमित भएको छ ।
भारतलाई जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोऊ सिंह र अमनले एक एक गोल गरेका थिए ।
खेलको ३९ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटिएको थियो । भारतका ड्यानीलाई फउल गरेपछि नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सीमित भएको हो ।
यससँगै भारतले लगातार दोस्रो पटक यु-१७ साफको उपाधि जितेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया