सुनको मूल्यमा ६०० रूपैयाँको गिरावट

काठमाडाैं । नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्य तोलामा ६ सय रूपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन तोलामा ९७ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
सोमबार छापावाल सुन प्रतितोला एक हजार ६०० रूपैयाँले बढेर ९८ हजार २०० रूपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार एक सय रूपैयाँ तोकिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रूपैयाँ घटेर एक हजार ३३५ रूपैयाँ पुगेको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
प्रतिक्रिया