सुनको मूल्यमा ६०० रूपैयाँको गिरावट
काठमाडाैं । नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्य तोलामा ६ सय रूपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन तोलामा ९७ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
सोमबार छापावाल सुन प्रतितोला एक हजार ६०० रूपैयाँले बढेर ९८ हजार २०० रूपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार एक सय रूपैयाँ तोकिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रूपैयाँ घटेर एक हजार ३३५ रूपैयाँ पुगेको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया