ग्लोबल आईएमईको दशैँ अफर : एससिटी डेबिट कार्ड प्रयोगकर्तालाई ३३.३३ प्रतिशत क्यासब्याक
काठमाडाैं । ग्लोबल आइएमई बैंकका एससिटी (SCT) डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक पाउने भएका छन् ।
बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज् (एससिटी) सँगको सहकार्यमा दशैंका लागि एससीटी डेबिट कार्ड भएका ग्राहक लक्षित ‘एससीटी तथा यूपीआई’ कार्डको ‘दमदार दशैं धमाका थ्री–डी’ अफर अन्तर्गत ग्राहकहरुले क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएको छ ।
यो योजना अनुसार कुनै पनि प्वाइन्ट अफ सेल (पीओएस) टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससीटी डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात (अधिकतम १ हजार रुपैयाँ) सम्म क्यासब्याक पाउने बैंकले जनाएको छ ।
यस योजना पश्चात एससीटी कार्ड होल्डर ग्राहकहरूलाई एससीटी कार्ड मार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकले जनाएको छ ।
असोज १ गतेदेखि दशैंभर चल्ने यो योजनामा कम्तिमा ३ वटा पस कारोबार गर्ने कार्ड होल्डरलाई ५०० रूपैयाँ तथा कम्तिमा ६ वटा पस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई एक हजार क्यासब्याक प्रदान गरिने छ । क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा ५०० को हुनुपर्नेछ । जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने बैंकले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया