भारतविरुद्ध नेपाललाई अग्रता
काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत सेमिफाइनलमा नेपालले भारतविरुद्ध अग्रता लिएको छ ।
नेपालले मध्यान्तर अघिको खेलमा भारतलाई १–० गोलले पछि पारेको छ ।
पहिलो हाफ सकिँदा नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेकी हुन् । उनले मध्यान्तर अघिको इन्जुरी समयमा गोल गरेकी हुन् । नेपाली टोलीको कप्तानी एन्जिला तुम्बाप्पो सुब्बाले गरिरहेकी छिन् ।
नेपाली टोलीकी मुख्य खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ डेङ्गुका कारण मैदान बाहिर छिन् ।
आजै सम्पन्न पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोलअन्तरले हराउँदै बङ्गलादेश फाइनलमा प्रवेश गरिसकेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया