डा. केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली
काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै पाँच दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा आज वार्ता टोली गठन गरेको जनाएको छ ।
प्रधानमन्त्री कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सदस्य रहने गरी वार्ता टोली गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
वार्ता टोली गठनसँगै सरकारले डा. केसीलाई अनशन तोड्न आग्रह गरेको छ ।
यसअघिका सहमति कार्यान्वयनसहितका सात बुँदे माग राखेर डा. केसी धनगढीमा पाँचदिनदेखि अनसनमा छन् ।
उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको बताइएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया