पर्यटनका उपसचिवको घुस काइदा : इजाजतको नाममा एकैदिन दुईजनाबाट २२ लाख असुल
काठमाडौं । दुई महिनाअघि २२ लाख रूपैयाँ घुससहित रंगेहात पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले एकैदिन दुईजनासँग घुस लिएको पुष्टि भएको छ ।
गत १७ साउनमा काठमाडौंको नागपोखरीस्थित एक होटलको कम्पाउण्डबाट रंगेहात पक्राउ परेका नेपालले एकै दिनमा प्याराग्लाइडिङ र वायुसेवा कम्पनीको इजाजत नवीकरणको नाममा घुस लिएको पुष्टि भएको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपालले प्याराग्लाइडिङ सञ्चालन गर्न अनुमतिपत्र दिने नाममा ६ लाख र बी बी एयरवेजका इजाजत नवीकरण गरिदिएवापत १६ लाख ५० हजार रूपैयाँ घुस लिएको जनाएको छ ।
रंगेहात पक्राउ परेको दिन नेपालले स्रोत खुलाउन नसकेको १६ लाख ५० हजार रूपैयाँ बी.बी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठबाट लिएको अनुसन्धानमा खुलेको छ ।
बी.बी एयरवेजको इजाजत नवीकरणका लागि उक्त रकमको लेनदेन भएको आयोगको अनुसन्धानमा खुल्न आएको छ । त्यस्तै, नेपालले प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिने भन्दै अर्का सेवाग्रहीसँग ६ लाख रूपैयाँ घुस लिएको पुष्टि भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महशाखामा कार्यरत प्राविधिक उपसचिव रहेका नेपाललाई आयोगले २२ लाख ५० हजार रूपैयाँ बिगो माग दाबी गर्दै आज मुद्दा दायर गरेको छ ।
उनीसँगै बी.बी एयरवेजका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई पनि मतियारको भूमिका निर्वाह गरेको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धत्माक वाक्यांशबमोजिम सजायको मागदाबी गर्दै मुद्दा दायर भएको छ । उनीहरू दुवैविरूद्ध आज विशेष अदालत काठमडौंमा मुद्दा दायर भएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया