पर्यटनका उपसचिवको घुस काइदा : इजाजतको नाममा एकैदिन दुईजनाबाट २२ लाख असुल
काठमाडौं । दुई महिनाअघि २२ लाख रूपैयाँ घुससहित रंगेहात पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले एकैदिन दुईजनासँग घुस लिएको पुष्टि भएको छ ।
गत १७ साउनमा काठमाडौंको नागपोखरीस्थित एक होटलको कम्पाउण्डबाट रंगेहात पक्राउ परेका नेपालले एकै दिनमा प्याराग्लाइडिङ र वायुसेवा कम्पनीको इजाजत नवीकरणको नाममा घुस लिएको पुष्टि भएको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपालले प्याराग्लाइडिङ सञ्चालन गर्न अनुमतिपत्र दिने नाममा ६ लाख र बी बी एयरवेजका इजाजत नवीकरण गरिदिएवापत १६ लाख ५० हजार रूपैयाँ घुस लिएको जनाएको छ ।
रंगेहात पक्राउ परेको दिन नेपालले स्रोत खुलाउन नसकेको १६ लाख ५० हजार रूपैयाँ बी.बी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठबाट लिएको अनुसन्धानमा खुलेको छ ।
बी.बी एयरवेजको इजाजत नवीकरणका लागि उक्त रकमको लेनदेन भएको आयोगको अनुसन्धानमा खुल्न आएको छ । त्यस्तै, नेपालले प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिने भन्दै अर्का सेवाग्रहीसँग ६ लाख रूपैयाँ घुस लिएको पुष्टि भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महशाखामा कार्यरत प्राविधिक उपसचिव रहेका नेपाललाई आयोगले २२ लाख ५० हजार रूपैयाँ बिगो माग दाबी गर्दै आज मुद्दा दायर गरेको छ ।
उनीसँगै बी.बी एयरवेजका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई पनि मतियारको भूमिका निर्वाह गरेको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धत्माक वाक्यांशबमोजिम सजायको मागदाबी गर्दै मुद्दा दायर भएको छ । उनीहरू दुवैविरूद्ध आज विशेष अदालत काठमडौंमा मुद्दा दायर भएको हो ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया