बेलायतकी महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री बेलायतमा

काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायत पुगेका छन् । सो समारोहमा सहभागिताका लागि बेलायत सरकारले नेपाल सरकारलाई आमन्त्रण गरेको थियो ।
मन्त्री डा. खड्का शनिबार राति हिथ्रो विमानस्थलमा आइपुग्दा बेलायतको विदेशमन्त्रालयको टोलीले उनलाई स्वागत गरेको थियो । मन्त्री खड्काको स्वागतका लागि लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य त्यहाँ पुगेको दूतावासले जनाएको छ ।
दूतावासकाअनुसार मन्त्री खड्का बकिङ्घम दरबारमा बेलायतका राजाले आयोजना गर्ने स्वागत समारोह तथा बेलायती विदेशमन्त्रीले आयोजना गर्ने स्वागत समारोहमासमेत सहभागी हुने र महारानीको राजकीय अन्त्येष्टि समारोहमा सहभागी हुनुका साथै ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री खड्का यही असोज ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको दूतावासकी उपनियोग प्रमुख रोशन खनालले जानकारी दिए ।
ताजा अपडेट
-
आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी
-
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
-
विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन
-
गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
प्रतिक्रिया