नेप्सेमा गिरावट जारी, एक अर्बको कारोबार
काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ३३ दशमलव ९७ अंकले ओरालो लागेर एक हजार आठ सय ७६ दशमलव ४१ अंकमा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव शून्य चार अङ्कले ओरालो लागेको छ । कूल दुई सय २९ कम्पनीको ६२ लाख ९६ हजार चार सय ४५ कित्ता शेयर एक अर्ब ६० करोड १८ लाख २२ हजार नौ सय ५५ मा कारोबार भयो ।
साताको पहिलो दिनको कारोबारमा १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । आजको कारोबारपछि कूल बजार पूँजीकरण रु २६ खर्ब ९६ अर्ब सात करोड ७४ लाख ८१ हजार तीन सय ५९ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु २१ करोड ३८ लाख ४४ हजार एक सय ८२ बराबरको कारोबार भयो ।
प्रभु बैंकको संस्थापक शेयर रु १९ करोड ५८ लाख ४५ हजार आठ सय ४८, नेपाल दूरसञ्चार कम्पनी रु पाँच करोड ३४ लाख ९७ हजार पाँच सय ९९, नेपाल लाइफ इन्स्योरेन्स रु चार करोड ४५ लाख ७२ हजार तीन सय ६८ र रिडी हाइड्रोपावर रु तीन करोड ६८ लाख ६२ हजार तीन सय ५९ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार ग्लोबल आइएमई समुन्नति स्कीम एक पाँच दशमलव ३५, नेपाल ल्यूब आयल चार, लक्षमी बैंक तीन दशमलव ६६, आर्दश लघुवित्त एक दशमलव ९७ र एनआइसी एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले एक दशमलव ९७ प्रतिशतले कमाए ।
बलेफी हाइड्रोपावर सात दशमलव ८५, राप्ती हाइड्रो सात दशमलव ३०, दोर्दी खोला जलविद्युत् कम्पनी सात दशमलव २३, माउण्टेन हाइड्रो नेपाल छ दशमलव ५८ र युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव २५ प्रतिशतले गुमाए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया