सत्तापक्षले प्रधानन्यायाधीशमाथि षड्यन्त्र गरे : ओली
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले कानुनी नभइ जंगली राज चलाएको आरोप लगाएका छन् ।
समानुपातिक उम्मेदवार छनोट गर्न ओली निवास बालकोटमा आइतबार बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन सरकार संविधान, कानुन नभइ सत्ताको बलमा जंगली राज चलाएको आरोप लगाए ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई नजबन्दमा राखिएको समाचार बाहिरिएपछि त्यसको प्रतिक्रियामा उनले सत्ताको दुरुपयोग गर्ने हो भने त्यो प्रजातन्त्र नहुने बताए ।
‘को व्यक्ति कस्तो भन्नेसँग हाम्रो सरोकार होइन तर नेपाल कानुन राजको हिसाबले चल्नुपर्छ’, उनले भने, ‘प्रधानन्यायाधीशमाथि लागेको महाअभियोगको प्रस्ताव प्रतिनिधिसभाले दुई तिहाइले पारित गर्नुपर्यो । होइन भने दुई तिहाइले पारित नगर्दा असफल हुन्थ्यो । सभामुखले षड्यन्त्रपूर्वक ६ महिनासम्म छलफल अगाडि बढाएनन् र आफ्नो घर्रामा थन्काएर राखे ।’
सत्तापक्षको स्वार्थबस कारवाही अगाडिनै नबढाएको ओलीले आरोप लगाए । उनले प्रधानन्यायाधीशमाथि लागेको आरोपमा प्रतिनिधिसभामा छलफल गर्न एमालेले आग्रह गर्दासमेत गणितीय खेलमा र षड्यन्त्र गर्नु दुःखको भएको बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया