गृहमन्त्रीले गरे पशुपतिनाथमा पूजा
काठमाडौं । महाशिवरात्रिका अवसरमा गृहमन्त्री बालकृष्ण खाँडले पशुपतिनाथ मन्दिर पूजा आराधना एवं दर्शन गरेका छन् ।
पूजा आराधना एवं दर्शनका लागि गृहमन्त्री खाँड बिहान पशुपतिनाथ गएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पूजा आराधनापछि उनले पशुपति क्षेत्रको सुरक्षा अवस्थाका बारेमा पनि जानकारी लिएका थिए । महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरमा भक्तजन आएका थिए । तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो । आज रातिसम्म दर्शन गर्न चाहने भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गरिने कोषले जनाएको छ ।
महाशिवरात्रिका अवसरमा साढे १२ बजेसम्म करिब साढे तीन लाख भक्तजनले दर्शन गरिसकेका छन् । आज करिब १० लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गर्ने गरी व्यवस्था मिलाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया