कीर्तिमानी रुसी अन्तरिक्ष यात्रीको निधन
काठमाडौं (एजेन्सी) । अन्तरिक्षमा लामो समय बसेर कीर्तिमान बनाएका रुसी अन्तरिक्ष यात्रीको निधन भएको छ ।
रुसी अन्तरिक्ष यात्री वलेरी पोल्याकोवको ८० वर्षको उमेरमा निधन भएको रुसी अन्तरिक्ष एजेन्सीले पुष्टि गरेको छ । उनको मृत्युको कारण भने खुलेको छैन ।
उनले सन् १९९४ बाट ४३७ दिन मिर अन्तरिक्ष स्टेशनमा बिताएका थिए। त्यसक्रममा उनले सातपटक पृथ्वीको परिक्रमा गरेका थिए ।
त्यसक्रममा उनले मंगल ग्रहमा लामो दूरीको यात्रा गर्नुपरेको खण्डमा मानिसहरूले मानसिक स्वास्थ्य कायम राख्न सक्छन् कि सक्दैनन् भनेर अनुसन्धान गरेका थिए । तर १४ महिनाको दौरान उनको कार्यशैलीमा कुनै परिवर्तन आएन ।
यो अनुसन्धान गरेबापत उनलाई हिरो अफ द सोभियत युनियनलगायत उपाधि दिइएको थियो ।
अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले टेलिग्राममा एक पोस्ट् गर्दै पोल्याकोभको अनुसन्धानले मानव शरीर टाढा अन्तरिक्षमा पनि प्रतिकूलताहरूको सामना गर्न सक्षम रहेको पत्ता लागेको जनाएको छ ।
सन् १९४२ मा मस्कोको तुला सहरमा पोल्याकोवको जन्म भएको थियो । पेशाले चिकित्सक उनी पछि अन्तरिक्ष यात्री बने ।
उनको पहिलो मिशन १९८८ अगस्टमा सुरु भएको थियो । त्यसक्रममा उनले ८ महिना अन्तरिक्षमा बिताएको बिबिसी समाचारमा उल्लेख छ ।
त्यसको ६ वर्षपछि उनले गरेको यात्रा सबैभन्दा लामो रह्यो जसलाई अहिलेसम्म कसैले तोड्न सकेको छैन ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया