‘मनि लन्ड्रिङ’ को विवादमा तानिएपछि सलमानले बढाए ज्याकलिनसँग दूरी

एजेन्सी । ‘मनि लन्ड्रिङ’ प्रकरणमा विवादमा तानिएकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजसँग अभिनेता सलमान खानले दूरी बढाएका छन् ।
बलिउड लाइफको एक रिपोर्टअनुसार सलमान सधैं आफ्ना साथीभाइलाई अप्ठेरोमा साथ दिँदै आइरहेका छन् । तर, अब भने उनी कुनै पनि किसिमको नयाँ विवादमा फस्न चाहँदैनन् ।
सलमानविरूद्ध ‘हिट एण्ड रन केस’को मुद्दा अहिलेसम्म पनि अदालतमा चलिरहेको छ । त्यसैले उनले यतिबेला ज्याकलिनसँग पनि दूरी बढाएका छन् । उक्त रिपोर्टमा जनाइएअनुसार कुनैबेला सलमानले ज्याकलिनलाई उनका प्रेमी सुकेश चन्द्रशेखरसँग टाढै रहन सल्लाह पनि दिएका थिए ।
प्रेमी सुकेशविरूद्ध दुई सय करोड रूपैयाँ ठगी आरोपमा मुद्दा दायर भएपछि ज्याकलिनको नाम पनि बाहिर आएको हो । जसकारण उनीसँग यतिबेला प्रहरीको सोधपुछ जारी छ ।
अघिल्लो साता प्रहरीले ज्याकलिनलाई आठ घण्टासम्म सोधपुछ गरेको थियो । जसमा उनलाई सुकेशले दिएका करोडौं मूल्य पर्ने उपहारबारे प्रश्न गरियो ।
सुकेशले आफूलाई एस्पुएला नामको ५० लाखको घोडा, ९–९ लाख रूपैयाँ पर्ने बिरालो, गुच्चीको तीनवटा डिजाइनर ब्याग, गुच्चीकै जिम वेयर, लुइ भिटनका एक जोडि जुत्ता, हिराको बाला, मणिकको ब्रासलेट, दुईवटा हेमिस ब्रासलेट र एक मिनी कपूर कार उपहार दिएको उनले बताएकी थिइन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया