निरन्तर ओरालो यात्रामा नेप्से
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ३८ दशमलव ८१ अंकले ओरालो लागेर १८३७.६० अंकमा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९१ अंकले ओरालो लागेको छ । मंगलबार सेयर घटेसँगै ३१ कम्पनीको ३८ लाख ५६ हजार ५३८ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब २२० करोड १६ लाख ६९ हजार ७२२ रूपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । जसमा सबैभन्दा बढी वित्तको ३.८३ प्रतिशतले घटेको छ । बैंकिङको १.५५, व्यापार २.६४, होटल तथा पर्यटन १.३९, विकास बैंक ३.२, जलविद्युत ३.३७, नीर्जीवन बीमा कम्पनी १.५६, उत्पादन २.०६, अन्य ०.९८, लघुवित्त २.४७, जीवन बीमा कम्पनी १.७७, सामूहिक लगानीकोष ०.९८ र लगानी ३.१९ प्रतिशतले घटेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिष्टिलरी लिमिटेड शीर्ष स्थानमा छ । सो कम्पनीको ५ करोड ६५ लाख ३३ हजार ८२९ रूपैयाँको कारोबार भएको छ ।
त्यस्तै रिडी हाइड्रोपावरको ५ करोड ३५ लाख १३ हजार, नबिल बैंक ४ करोड ७३ लाख ६५ हजार, अरूण काबेली पावर ३ करोड २६ लाख २ हजार र अपि पावर कम्पनी लिमिटेड ३ करोड ४ लाख ३७ हजार रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया