सडक किनारामा सुतिरहेकामाथि ट्रक गुड्यो, ४ को मृत्यु, २ घाइते
काठमाडौं । दिल्लीमा सडक छेउमा सुतिरहेकामाथि ट्रक गुड्दा चार जनाको मृत्यु भएको छ । अरू दुई जना घाइते छन् ।
डिभाइर नजिक सुतिरहेका उनीहरूमाथि ट्रक गुडेको र दुईको घटनास्थलमै मृत्यु भएको दिल्ली प्रहरीले जनाएको छ । अन्य दुई जनालाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले बचाउन सकेनन् ।
प्रहरीका अनुसार, अहिलेसम्म ट्रकको पहिचान खुलेको छैन ।
दिल्ली सीमापुरीको डिटिसी डिपो रेड लाइट पार गर्ने क्रममा दुर्घटना भएको बिबिसी हिन्दीको समाचारमा उल्लेख छ ।
ताजा अपडेट
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह


प्रतिक्रिया