जुम्लामा प्रसूति सेवा सञ्चालन
जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका–२ स्थित विष्टवाडामा आधारभूत स्वास्थ्य केन्द्रमा प्रसूति सेवा सञ्चालनमा ल्याइएको छ । महिलाको स्वास्थ्य सुधार ल्याउने ध्येयले प्रसूती सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
सिञ्जा स्वास्थ्य शाखा संयोजक ललितजङ्ग रोकायाले स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सेवा विस्तारका उच्च प्राथमिकता दिएको जानकारी दिए । यसअघि सो क्षेत्रका गर्भवतीले प्रसूति सेवा तथा एएनसी पिएनसी जाँच गर्नका लागि दुई घण्टा टाढा रहेको नराकोट स्वास्थ्यचौकीमा जानुपर्ने बाध्यता थियो ।
गाउँपालिकाले धापा, नराकोट, शनिगाउँ, दात र विष्टवाडा गरी पाँच स्थानबाट प्रसूति सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य संस्थामै दक्ष जनशक्तिबाट सुरक्षित सुत्केरी गराउनका लागि गाउँपालिकाकाले उच्च प्राथमिता दिँदै आएको छ ।
जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले स्वास्थ्य संस्थामा सुत्केरी हुने व्यवस्था मिलाइएको बताए ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया