‘नाडा इभी चौतारी’ को आयोजना हुँदै
काठमाडाैं । नेपाली अटोमोबाइल व्यवसायीहरुको छाता संगठन ‘नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल’ ले पहिलोपटक इलेक्ट्रिक गाडी तथा टू -ह्विलर ‘नाडा इभी एक्स्पो’ आयोजना गर्दैछ । उक्त एक्सपो असोज ६ गते (भोलिदेखि) ९ गतेसम्म भृकुटीमण्डप प्रदशनी हलमा आयोजना हुन गइरहेको छ ।
नाडाले एक्सपो चलिरहेको समयमा नै ‘नाडा इभी चौतारी’ सेमिनार पनि सञ्चालन गर्न लागेको जनाइएको छ । उक्त सेमिनार भोलि दिउँसो २ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले जानकारी दिए ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को सहकार्यमा नाडा चौतारी सेमिनार सञ्चालन गर्न लागेको नाडाले जनाएको छ ।
तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने छ ।
कार्यक्रममा उपस्थितिको लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सबैलाई सहभागिताको लागि अनुरोध गरेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया