डी मारियाले दुई खेल खेल्न नपाउने
काठमाडौं । इटालियन क्लब युभेन्ट्सबाट खेल्ने अर्जेन्टाइन विंगर एंगेल डी मारियाामाथि दुई खेलको प्रतिबन्ध लगाएको छ ।
उनीमाथि इटालियन सिरी ए लिगले दुई खेल प्रतिबन्ध लगाएको हो ।
दुई दिनअघि सिरी एमा युभेन्टसले मोन्जासँग अवे मैदानमा खेल्दा विपक्षी खेलाडीलाई कुइनाले हानेपछि डी मारियाले रातो कार्ड खाएका थिए । समान्यतया, रातो कार्ड खाएपछि खेलाडीमाथि स्वतः एक खेल प्रतिबन्ध लाग्छ ।
यद्यपि, सिरी एले जानाजान विपक्षी खेलाडीमाथि हात हालेको निष्कर्ष निकाल्दै डी मारियामाथि थप एक खेल प्रतिबन्ध लगाएको हो ।
होण्डुरस र जमैकासँगका दुई मैत्रीपूर्ण खेलका लागि डी मारिया यतिबेला अमेरिकाका छन् । उनले अर्जेन्टिनाबाट भने खेल्न पाउँछन् ।
दुई मैत्रीपूर्ण खेलको तयारीमा मेसीसहितको अर्जेन्टिनी टोली (५ तस्बिरसहित)
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया