उपराष्ट्रपतिले भने, ‘राष्ट्रपतिलाई संविधानबाहिर जाने छुट छैन’
काठमाडौं । संसदको दुवै सदनले पारित गरेर प्रमाणिकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकणरण नगरी म्याद सकिएपछि विवाद उत्कर्षमा पुगेको छ । राष्ट्रपतिको यो कदमविरूद्ध सत्ता गठबन्धन पनि एकजुट भएका छन् भने अर्कोतर्फ उपराष्ट्रपति नन्दबहादुर पुनले पनि यो कदमको विरोध गरेका छन् ।
आज प्रेस विज्ञप्ती जारी गर्दै उपराष्ट्रपति पुनले संविधान दिवस मनाएको केही दिन पनि नबित्दै राष्ट्रपतिबाटै संविधान उल्लंघन भएको आशय प्रकट गरेका छन् । अझ संविधानको पालना र जिम्मेवारी पाएकाहरूबाटै संविधानको दायरा बाहिर जाने छुट नभएको उनको भनाइ छ ।
जनस्तरबाट पछिल्लो समय संविधानको पालना र संरक्षण हुन नसकेकोबारे आवाज उठ्ने परिस्थितीको सिर्जना हुनु नै दुःखद भएको उनले बताएका छन् । जारी विज्ञप्तीमार्फत उपराष्ट्रपति पुनले संविधान दिवसमा गरेको प्रतिबद्धतालाई सम्झेर संविधानको पालना र संरक्षण गर्न सबैमा आग्रह गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया