नारायणकाजीलाई फकाउन प्रचण्ड पुगे हात्तीवन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको निवास हात्तीवन पुगेका छन् । नारायणकाजीलाई फकाउन प्रचण्ड उनको निवास गएको बताइएको छ ।
अमेरिकी परियोजना संसद्बाट पारित गर्न माओवादी केन्द्रले सघाएको भन्दै नारायणकाजीले असन्तुष्टि जनाएका थिए । उनले पार्टी छोड्ने धम्कीसमेत दिएको बताइएको छ ।
नारायणकाजीको अभिव्यक्तिप्रति सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनी वामदेव गौतमकै बाटोमा गए आफूले छेक्न नसक्ने टिप्पणी गरेका छन् ।
तर, आज उनै प्रचण्ड नारायणकाजीलाई फकाउन उनकै निवास गएका छन् ।
प्रचण्ड र नारायणकाजीबीच झगडा, गिरिराजमणिको चेतावनी
ताजा अपडेट
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
-
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : डा. शेखर कोइराला
प्रतिक्रिया