फाबियो कान्नाभारो बेनेभेन्टोको मुख्य प्रशिक्षकमा नियुक्त
काठमाडौं । फाबियो कान्नाभारो इटालियन क्लब बेनेभेन्टोको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । बेनेभेन्टो इटालीका विश्वकप विजेता पूर्व खेलाडी हुन् ।
उनले यसअघि चीन र साउदी अरेबियामा प्रशिक्षकको काम गरिसकेका छन् । उनले युरोपियन क्लब सम्हालेको भने पहिलोपटक हो ।
इटालीले २००६ को विश्वकप जित्दा उनी टिमका कप्तान थिए । उनले २०११ मा सन्यास लिदै प्रशिक्षणमा होमिएका थिए ।
प्रतिक्रिया