केपी ओली जत्तिको राजनेता नेपालमा अरू छैनन् : सर्वेन्द्र खनाल
काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनालले एमाले अध्यक्ष केपी ओली जस्ता राजनेता अन्य पार्टीमा नभएको बताएका छन् ।
बिहिबार एमाले केन्द्रीय कार्यलय ललितपुरको च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा संवोधन गर्दै उनले ओलीकै नेतृत्वमा विकासले गति लिएको जिकिर गरे ।
‘नेपालमा धेरै प्रधानमन्त्री भए तर यस्तो परमसुन्दर देश बनाउन कसैले ध्यान दिएनन् । ओजीज्यू प्रधानमन्त्री भएपछि मुलुकले समग्र विकासको गति लियो’, उनले भने, ‘उहाँको दुर दृष्टि, आर्थिक एजेण्डा, राष्ट्रियतामा लिएको अडानका कारण देशको छवि उच्च भएको छ । उहाँजस्ता राष्ट्रवादी नेतासँग हातेमालो गर्नपाउनु आफूलाई भाग्यमानी ठानेको छु ।’
राष्ट्रपतिमाथि पछिल्लो समय निरन्तर प्रहार भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । नेपाल प्रहरीका चर्चित महानिरिक्षक रहेका उनी आजै एमाले प्रवेश गरेका थिए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया