भक्तपुरकाे सल्लाघारीमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
भक्तपुर । सूर्यविनायक नगरपालिका–८ स्थित सूर्यविनायक चोकमा सल्लाघारीबाट जगातितर्फ जाँदै गरेको बा १ प १५५१ नंको बसले ठक्कर दिदाँ एक पैदल यात्रुको मृत्यु भएको छ ।
बसको ठक्करबाट घाइते भएका भक्तपुर नगरपालिका–१ दूधपाटी बस्ने ७२ वर्षीया दिलमाया श्रेष्ठको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
प्रहरीले ठक्कर दिने सवारीसाधन र बसका चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाडौं बालाजु बस्ने २९ वर्षीय विनोद कार्कीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया