परमादेश माग दाबी गर्दै राष्ट्रपतिविरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरित नागरिकता विधेयक प्रमाणीकरण नगरेको आरोप लगाउँदै कानुन व्यवसायीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
अधिवक्ता सुनीलरन्जन सिंहसहित ६ जना कानुन व्यवसायीले बिहीबार रिट दर्ता गरेको सर्वोच्च प्रशासनले जनाएको छ । राष्ट्रपतिलाई विपक्षी बनाएर दायर भएको रिटमा भण्डारीले संविधानको घोर उलंघन गरेको भन्दै नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग गरिएको छ ।संसद्का दुवै सदनले दोस्रोपटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्दा बुधबार निष्क्रिय भएको थियो ।
संविधानको धार ११३ मा पहिलोपटक संसदबाट पारित भएको विधेयक आवश्यक सुझावसहित फिर्ता गर्न सक्ने व्यवस्था छ । तर उपधार २ मा दास्रोपटक दुवै सधनबाट पारित भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गरी दुवै सधनलाई जानकारी गराउनुपर्ने संवैधानिक बाध्यता छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया