राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण अस्वीकार गरेकोविरुद्ध सर्वोच्चमा पाँचवटा रिट
काठमाडौं । संसद्को दुवै सदनबाट पारित नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको भन्दै सोविरुद्ध सर्वोच्च अदालतमा एकैदिन पाँचवटा रिट परेको छ ।
सो विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति कार्यालयका नाममा आदेश दिन माग गर्दै केही अधिवक्ता, कानुनका विद्याथी तथा सर्वसाधारणले बिहीबार सर्वोच्चमा पाँचवटा रिट दर्ता गराएका हुन् ।
अधिवक्ता सुनिल रञ्जन, सुनिलकुमार यादव र विजय पोखरेलले एक एकवटा रिट दर्ता गराएका छन् ।
यस्तै, अधिवक्ता सागर बराल र त्रिभुवन विश्वविद्यालयका विद्यार्थी राज बराल, काठमाडौं स्कुल अफ लका अविनेश अधिकारीले स्ंयुक्त रुपमा एउटा रिट दर्ता गराएका छन् ।
यसैगरी, मोरङको रंगेली नगरपालिकाका देव शर्माले राष्ट्रपतिलाई विपक्षी बनाइ रिट दायर गरेको सर्वोच्चनिकट स्रोतले जनाएको छ ।
रिटमा राष्ट्रपति भण्डारीले नेपालको संवैधानिक दायित्व पूरा नगरेको आरोप लगाइएको छ ।
राष्ट्रपति भण्डारीले गत मंगलबारमात्र जागरिकता विधेयक प्रमाणीकरण नगर्ने निर्णय गरेकी थिइन् । यसको सत्ता गठबन्धनमा आबद्ध चार दलहरूले विरोध गरिरहेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया