चाडपर्वलक्षित यात्रु सहायता कक्ष सञ्चालनमा
कञ्चनपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले दसैँ, तिहारमा यात्रुको सजिलोका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
चाडपर्वका बेला यात्रुलाई हैरानी हुनसक्ने भन्दै महेन्द्रनगर बसपार्क, गड्डाचौकी नाकालगायतका स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख उमेश चन्दले बताए ।
उनले कुनै पनि यात्रुले समस्या भोग्नुपरेमा सहायता कक्षमा सम्पर्क राख्नसक्ने बताए । चाडपर्वका बेला सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिनेलगायत काम हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
दसैँ नजिकिँदै गर्दा भारतबाट रोजागरी गरेर फर्कनेको सङ्ख्या बढेको छ । भारतबाट आउने नागरिकमाथि लुटपाट जस्ता घटना हुने भएकाले पनि सहायता कक्ष सञ्चालनमा ल्याएको उनले बताए ।
महाकाली यातायात व्यवसायी समितिका अध्यक्ष डम्बर पन्तले चाडपर्वका बेला यात्रुको सहजताका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको बताए । चाडपर्वका बेला क्षमताभन्दा बढी यात्रु राख्ने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने र तीव्र गतिमा सवारी साधन हाँक्ने लगायतका कारणले सवारी दुर्घटना हुने भएकाले यसको नियन्त्रणका लागि पनि यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक
-
एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट
-
विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण
-
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित
-
भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह


प्रतिक्रिया