मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते
झापा । जिल्लाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी एक घाइते भएका छन् ।
मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ स्थित पिपलडाँगीमा शुक्रबार राति ११ः२५ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–०१४ र प ३३५० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँँदै गरेको प्र १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँँदा दुवै चालकको मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी सख्त घाइते भएका प्र १–०१–०१४ प ३३५० नम्बरको मोरसाइकल चालक कनकाई–४ का ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र प्र १–०१–०१४ प २६७८ नम्बरका मोटरसाइकल चालक अर्जुनधारा–४ का ४५ वर्षीय विष्णु थापाको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा आज राति १ः३५ बजे मृत्यु भएको हो ।
उक्त दुर्घटनामा मोटरसाइकल पछाडि सवार कनकाई–४ का ५३ वर्षीय रामबहादुर अधिकारीको टाउको, हात र खुट्टामा चोट लागेकाले उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया