जनकपुर गएका ओलीले कालो झण्डाको सामना गर्दै चढे रेल
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले जनकपुर जयनगर रेल चढेका छन् । शनिबार पार्टी प्रवेशको कार्यक्रमका लागि जनकपुर पुगेका ओलीले पहिलोपटक त्यहाँको रेल चढेको बताइएको छ ।
ओली रेल चढेर धनुषाकै विदेह नगरपालिका पुगेका थिए । उनकै कारण निर्धारित समयभन्दा एक घण्टा ढिला रेल गुडेको थियो ।
जनकपुर गएर पहिलोपटक रेल चढाइ ओलीका लागि त्यति सुखद भने भएन । किनकि, त्यहाँ उनले विरोधीहरूले देखाएको कालो झण्डाको सामना गर्नुपर्यो ।
उनलाई एकीकृत समाजवादी र जसपाका कार्यकर्ताले कालो झण्डा देखाउने प्रयास गरेका थिए । तर, त्यसलाई प्रहरीले पूर्ण सफल हुन नसकेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुमा ओलीको हात रहेको भन्दै उनलाई कालो झण्डा देखाइएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया