मन्त्रीले नै हटाए आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर !
काठमाडौं । मन्त्रालय र महत्वपूर्ण सरकारी कार्यालयहरूमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्ने गरिन्छ । झनै मन्त्रीको कार्यकक्षमा त अनिवार्यजस्तो हो । तर, प्रदेश १ का स्वास्थमन्त्री जयराम यादवले भने कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन् ।
उनले आइतबार आफ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर हटाएका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि उनले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्बिर राखेका छन् ।
संघीयताको पूर्ण कार्यान्वयनका लागि राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरर हटाएर प्रदेश प्रमुख र मुख्यमन्त्रीको राखेको मन्त्री यादवको भनाइ छ ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल– जिन्दावाद । राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तबिर आइतबारदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
यादव जसपाको प्रदेशसभा सदस्य हुँदै मन्त्री भएका हुन् ।

ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया