गणतन्त्र कमजोर बनाउन संविधान उल्टाउने षड्यन्त्र भइरहेको छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र कमजोर बनाउन संविधान उल्टाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।
प्रेस सेन्टर चितवनले सोमबार भरतपुरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले व्यवस्थामाथि नै प्रहार गर्ने उदेश्यले संविधान उल्टाउने प्रयास भएको आरोप लगाए ।
‘क्रान्तिबाट स्थापित भएको गणतन्त्र केही तत्वहरूलाई मन परेको छैन् । गणतन्त्रलाई समाप्त पार्ने उदेश्यले संविधान उल्लटाउने षड्यन्त्र भइरहेको छ’, उनले भने, ‘गणतन्त्र र परिवर्तनको नेतृत्व गर्ने नेताहरूको कसरी बदनाम गर्न सकिन्छ भनेर उनीहरू लागिरहेका छन् ।’
मुलुकमा पछिल्लो समय भइरहेको गतिविधि हेर्दा प्रतिक्रान्ति हुने खतरा रहेको भन्दै परिवर्तनका पक्षधरहरू एकजुट हुन उनले आग्रह गरे ।
चुनावी कार्यक्रममा भाग लिन प्रचण्ड परिवारसहित आइतबार गृहजिल्ला चितवन पुगेका थिए । केही दिन उनी चितवनमै बस्ने उनका सचिवालयले बताएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया