कांग्रेसको शेखर पक्षले आफ्नै केन्द्रीय कार्यालयमा किन धर्ना दिंदैछ ?
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची बनाउँदा संस्थापन पक्षले मनोमानी गरेको भन्दै विरोधमा डा. शेखर कोइराला पक्षले पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने भएको छ ।
शेखर समूहको बैठकले असोज १२ गते १२ बजे केन्द्रीय कार्यालयमा धर्ना दिएर सभापति शेरबहादुर देउवालाई समानुपातिक सूची सच्याउन दबाब दिन लागेको हो । धर्ना १ घण्टासम्म दिने नेता जगदीश्वर नरसिंह केसीले दिए । शीर्ष नेताहरू नबसी दोस्रो तहका नेताको भेलाले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने निर्णय लिएको हो ।
आफूहरूको माग अनुसार असमान बन्द सूची नसच्चिए विरोधका अन्य कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि शेखर पक्षले दिएको छ । यसरी सच्याउने समय उनीहरूले १४ गतेसम्मको दिएका छन् ।
गत शनिबार शेखर पक्षले बैठक राखी समानुपातिकतर्फ ११० जनामा आफूहरूको १४ जना मात्रै सदस्य पारिएको भन्दै विरोध गरेका थिए । तर शेखर समूहले ४० प्रतिशत भागबण्डा मागेको थियो ।
शेखर समूहले धर्ना दिएको भोलिपल्ट १३ असोजमा आफ्नो पक्षका शीर्ष नेताको बैठक पनि डाकेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया