विप्लव–नारायणकाजी भेटवार्ता : प्रचण्डविरूद्ध मोर्चाबन्दीको तयारी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव) र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । श्रेष्ठलाई भेट्न बुधबार बिहान विप्लव उनको निवास हात्तीवन पुगेका थिए ।
व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पास गर्ने पार्टीको निर्णयप्रति असन्तुष्ट रहेका श्रेष्ठ र विप्लवबीचको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ ।
विप्लव निकट एक नेताका अनुसार विप्लव र श्रेष्ठबीच एमसिसीको विषयमा समान धारणा बनाउने, सहकार्य गर्ने विषयमा छलफल भएको बताए ।
‘एमसिसीको विषयमा हामीले सडकबाट संघर्ष गर्दै आएका छौं । प्रकाशजी लगायत राष्ट्रयतापक्षधर नेताहरू पार्टीभित्र र संसदका संघर्ष गर्दै आउनुभएको छ’, उनले भने, ‘राष्ट्रघाति एमसिसीको विपक्षमा उहाँहरूले अडान लिइरहनुभएको छ । दुई शीर्ष नेताबीचको भेटवार्ताले आगामी दिनमा सहकार्य र मोर्चाबन्दी गर्न थप बल पुग्ने विश्वास लिएका छौं ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठक स्थगित गरी एमसिसीको विषयमा एकल निर्णय लिएको भन्दै पूर्वएकता केन्द्रपक्षधर नेताहरू प्रचण्डसँग असन्तुष्ट रहेका छन् ।
सोमबार प्रचण्डले नेता श्रेष्ठमाथि टिप्पणी गर्दै पार्टी छोडेर गए आफुले नरोक्ने अभिव्यक्ति दिएपछि प्रचण्डसँग उनी थप चिडिएका छन् । प्रचण्डलाई सवक सिकाउन पार्टी पार्टी फुट्न सक्ने चेतावनी पूर्वएकता समूहले दिएपछि नेता श्रेष्ठलाई फकाउन मंगलबार प्रचण्ड उनकै निवास पुगेका थिए ।
याे पनि पढ्नुस्
प्रचण्ड र नारायणकाजीबीच झगडा, गिरिराजमणिको चेतावनी
प्रचण्डसँग झगडा गरेका नारायणकाजीले भेटमा के भने ?
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया