दुई महिनामा २४ करोडको सेनिटरी प्याड आयात हुँदा निर्यात ८३ लाखमै सीमित
काठमाडाैं । सेनिटरी प्याडमा नेपाल आत्मनिर्भर छ । तरपनि नेपालमा सेनिटरी प्याड आयात हुन छोडेको छैन । साउनमा मात्रै झण्डै ५९ प्रतिशतले सेनिटरी प्याड आयात भएको तथ्यांक छ । तथ्यांअनुसार चालु आवको पहिलो महिना साउनमा मात्रै ९ करोड ९२ लाख २९ हजार रुपैयाँको प्याड आयात भएको थियो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत प्याडमा ९० प्रतिशतसम्म भन्सार छुट दिएको छ । त्यसले गर्दा पनि सेनिटरी प्याडको आयात बढेको हो ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आवको दुई महिनामा कुल २४ करोड ५२ लाख ७० हजार रुपैयाँको सेनिटरी प्याड आयात भएको छ । उक्त मूल्य बराबरको प्याड आयात हुँदा सरकारले ३ करोड ६५ लाख ९१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
नेपालले चीन, भारत, थाइल्याण्ड, जापानलगायतका मूलुकबाट प्याड आयात गरेको छ । दुई महिनाको तथ्यांकअनुसार नेपालले सबैभन्दा बढी भारतबाट २१ करोड ८१ लाख ८ हजार रुपैयाँ प्याड खरिदमा खर्च गरेको छ । त्यसपछि चीनबाट २ करोड २८ लाख ४० हजार रुपैयाँको प्याड आयात भएको छ ।
चालु आवको सोही महिना अर्थात साउन र भदाैमा नेपालबाट ८३ लाखको सेनिटरी प्याड छिमेकी मूलुकमा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार दुई महिनामा ८३ लाख ३९ हजार रुपैयाँको सेनिटरी प्याड निर्यात भएको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया