निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने

काठमाडौं । निर्वाचन आयोगले बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ ।
आसन्न निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोग स्रोतले जनाएको छ ।
साथै, आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको जनाएको छ ।
आगामी मंसिर ४ मा देशैभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । अहिले निर्वाचन आयोग त्यसैको तयारीमा छ ।
प्रतिक्रिया