हुम्लाको चङ्खेली गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध
सिमकोट । हुम्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकामा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध हुँदै आएको छ । मेल्छाम गाउँमा स्थापना गरिएको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध भएको हो ।
टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका नागरिक सञ्चारको पहुँचमा जोडिन नसकेको भन्दै गुनासो गर्न थालेका छन् । एक महिनादेखि गाउँपालिकाका पाँच वटा वडाका ३० भन्दाबढी सेवाग्राहीले यो सेवा पाउन नसकेको बताइएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा काम परे पहिलेकै जस्तो मानिस पठाएर खबर आदान–प्रदान गर्नुपर्ने अवस्था सिर्जना भएको चङ्खेली गाउँपालिका–६ का बेलसरा तामाङ बताउँछन् ।
यसबाट गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ का २५ बस्तीका बासिन्दा समस्यामा परेका छन् । मोबाइल सेवा अवरुद्ध भएपछि गाउँपालिकामा सम्पर्क गर्नसमेत समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । गाउँपालिकाले नेपाल टेलिकमलाई समयमै टावरमा आएको खराबीबारे जानकारी गराए पनि हालसम्म सुनुवाइ हुन नसकेको गाउँपालिकाले जनाएको छ ।
सहज रूपमा प्राविधिक पुुग्ने अवस्था नरहेका कारण टावरमा आएको खराबीको मर्मत कहिलेसम्म हुने हो टुङ्गो छैन । दशैँकाे समयमा टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर रहेका आफन्तसँग सम्पर्कमा जोडिनलाई समेत समस्या बनाएको यहाँका स्थानीयवासीको गुनासो छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया