बंगलादेशविरुद्ध नेपालको सहज जित
काठमाडौं । नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा सहज जित निकालेको छ ।
काठमाडौंको दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपालले बंगलादेशलाई ३– १ गोल अन्तरको सहज जित दर्ता गराएको हो ।
नेपालले मध्यान्तरअघि नै ३ गोलको अग्रता लिएको थियो ।
नेपालका लागि ३ वटै गोल अञ्जन विष्टले गरेका हुन् ।
उनले १८, २७ र ३८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
तर, दोस्रो हाफमा नेपालले १ गोल खान पुगेको थियो ।
सजाद हुसेनले ५५ औँ मिनेटमा गोल फर्काएका हुन् ।
अञ्जन नेपालका लागि ह्याट्रिक गर्ने छैटौं खेलाडी बनेका छन् ।
यता, कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले पनि पहिलो खेलमा नै जित दर्ता गराएका छन् ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएपछि झण्डै दुई महिनाअघि हुमागाईँ प्रशिक्षक नियुक्त भएका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया