१५ वर्षीया बिरामीद्वारा अस्पतालमै आत्महत्या
काठमाडौं । बाँकेको एक अस्पतालमा उपचार। गराइरहेकी एक १५ वर्षीया बिरामीले आत्महत्या गरेकी छिन् ।
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी एक किशोरीले अस्पतालमै आत्महत्या गरेकी हुन् ।
पाठेघरको क्यान्सरको समस्या भएकी ती किशोरीले झुण्डिएर आत्महत्या गरेको बाँकी प्रहरीले जनाएको छ ।
उनी सल्यान कालिमाटी गाउँपालिका वडा नम्बर १ धोरनेरी की स्थायी बासिन्दा हुन् । ती किशोरीले सोमबार मध्याह्न १२ बजेर ४५ मिनेट जाँदा अस्पतालको छतमा गइ
ढोकाको ह्यान्डिलमा पासो लगाइ आत्महत्या गरेको बताइएको छ ।
कुरुवा बसेकी आमा बाहिर गएको मौका पारेर उनले आत्महत्या गरेकी हुन् ।
ती किशोरी असोज ६ गतेदखि क्यान्सर अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी थिइन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया