दुई महिनामा ७ अर्बको पाम तेल आयात हुँदा निर्यात ५ अर्ब
काठमाडाैं । चालु आव २०७८/७९ को दुई महिनामा नेपालमा ७ अर्बको पाम तेल आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा विभिन्न देशबाट ७ अर्ब ३४ करोड २१ लाख ३२ हजार रुपैयाँको ३ करोड ९९ लाख ९१ हजार ७९५ लिटर पाम तेल आयात भएको छ ।
विभागका अनुसार सो मूल्य बराबरको पाम तेल आयात हुँदा सरकारले ६५ करोड ८४ लाख ६ हजार रुपैयाँको राजश्व संकलन गरेको छ । साउनको तुलानमा भदौमा भने पाम तेल आयात घटेको छ । साउनमा चार अर्ब बराबरको पाम तेल आयात हुँदा भदौमा ३ अर्बको पाम तेल आयात भएको हो ।
नेपालमा भारत, मलेसिया, इन्डोनोसिया, फिलिपिन्स, थाइल्याण्ड लगायतका देशबाट कच्चा पाम तथा प्रशोधित पाम तेल आयात हुने गरेको छ । तथ्यांकअनुसार दुई महिनाको अवधिमा इन्डोनिसियाबाट ६ अर्ब ४३ करोड २ लाख ६३ हजार रुपैयाँको पाम तेल आयात भएको छ । त्यस्तै मलेसियाबाट ७१ करोड ३ लाख १७ हजार, भारतमा ९करोड ४ लाख २३ हजार, थाइल्याण्ड ६ करोड २ लाख ८९ हजार र फिलिपिन्स ५ करोड ८ लाख ४० हजार रुपैयाँको पाम तेल आयात भएको विभागको तथ्यांक छ ।
निर्यात ५ अर्बको
तथ्यांकअनुसार दुई महिनामा ५ अर्बको पाम तेल निर्यात भएको छ । नेपालले विभिन्न मूलुकबाट कच्चा पाम आयात गरी त्यसलाई प्रशोधन गरी पुनः निर्यात गर्दै आएको छ । नेपालले पाम तेल भारतमा निर्यात गर्दै आएको छ ।
विभागको तथ्यांकअनुसार दुई महिनामा ५ अर्ब ६९ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको २ करोड ५८ लाख ३१ हजार ६२३ लिटर पाम तेल निर्यात भएको छ । साउनको तुलानमा भदौमा पाम तेल निर्यात घटेको छ । साउनमा ३ अर्ब ७४ करोड २७ लाख ७ हजार रुपैयाँको पाम तेल निर्यात भएको थियो । भदौमा भने एक अर्ब ९५ करोड १८ लाख ९२ हजार रुपैयाँको निर्यात भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया