ट्राफिक प्रहरी यादवको ठगी धन्दा : डिआइजीको नाममा रकम असुली गर्दै
काठमाडौं । काठमाडौं महानगरपालिका वडा न १० बिजुली बजार क्षेत्रमा ट्राफिक प्रहरी जवान रवीन्द्रकुमार यादवले काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रहरी नायब महानिरीक्षक (डिआइजी) मीरा चौधरीको नाममा रकम असुली गर्न थालेका छन् । उनले नयाँ बानेश्वोर , धोबीखोला किनारमा रहेका होटेलबाट रकम असुली गर्न थालेका हुन् ।
गाडी लक् र फलामको साङ्लो लिएर हिडने ट्राफिक प्रहरी जवान यादवले गाडी र मोटर साइकलमा लक् लगाएपछि सम्झाई बुझाइ गरेको जस्तो गर्दै गाडी र मोटर साइकल नम्बर डायरीमा टिप्ने र २०० देखि रु ५०० रुपैयाँ घुस लिएर लक् खोलि दिने गर्दछन् । योसँगै ट्राफिक प्रहरी जवान यादवले आफूले खोला किनारमा पार्किङ्ग गर्न दिएकोले दशैंको बेला सहयोग गर्नु पर्ने अन्यथा एक मिनेट पनि पार्किंङ गर्न नदिने भन्दै त्यस क्षेत्रका पसल र होटलहरूसँग रकम माग गर्ने गर्दछन् ।
उनले यसरी उठाएको रकममाथिसम्म पुर्याउनु पर्ने भन्दै आफू काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डिआइजी चौधरीको नजिकको मानिस भएकोले उजुरबाजुर गरे राम्रो नहुने भन्दै धम्क्याउँदै आएका छन्।
ताजा अपडेट
-
सुनचाँदीको मूल्यमा वृद्धि
-
स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’
-
विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो
-
कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक
-
एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट


प्रतिक्रिया