पोर्चुगललाई पाखा लगाउँदै स्पेन सेमिफाइनलमा, अन्तिम ४ समीकरण पूरा
काठमाडौं । पोर्चुगललाई हराउँदै स्पेन युइएफ नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको निर्णायक खेलमा घरेलु टोली पोर्चुगललाई १–० गोल अन्तरले हराउँदै स्पेनसेमिफाइनलमा प्रवेश गरेको हो ।
पोर्चगलको ब्रागामा भएको खेलको अन्त्यतिर अर्थात ८८ औँ मिनेटमा अल्भारो मोराले गोल गर्दै स्पेनको जित सुनिश्चत गरे ।
कप्तान क्रिस्टियानो रोनाल्डोलगायतका खेलाडीले पाएका केही अवसर गुमाएपछि पोर्चुगलले घरेलु मैदानमा स्पेनलाई नतिजा सुम्पियो ।
खेल बराबरीमात्र भए पनि पोर्चुगलले सेमिफाइनलको यात्रा तय गर्ने थियो । तर, त्यो हुन सकेन । स्पेनलाई स्पष्ट जित आवश्यक थियो, त्यो अन्तिम समयमा हासिल गर्यो ।
यससँगै नेसन्स लिगको सेमिफाइनल समीकरण पूरा भएको छ ।
क्रोएसिया, नेदरल्याण्ड्स, इटाली र स्पेन अन्तिम चारमा पुगेका हुन् ।
सेमिफाइनलको ड्र हुन बाँकी छ । सेमिफाइनलका खेलहरू सन् २०२३ को जुनमा हुनेछन् ।

नेसन्स लिगको सेमिफाइनलमा यी तीन टोली पुगे, पोर्चुगल र स्पेनबीच निर्णायक खेल
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया