फिलिपिन्समा ‘नोरु’ आँधीका कारण १० जनाकाे मृत्यु
मनिला । सुपर टाइफुन नोरुले फिलिपिन्सको लुजोन टापुमा साताको अन्त्यमा भारी वर्षा र हावा चलेको कारण कम्तीमा दशको मृत्यु भएको छ । यस प्रकोपको कारण यहाँ लाखौं मानिसहरू शरणार्थी बन्न पुगेका छन् ।
राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदले मनिलाको उत्तरी प्रान्त बुलाकानमा अचानक बाढीले बगाएको पाँच उद्धारकर्ताको मृत्यु भएको पुष्टि गरेको थियो । त्यसपछि अन्य पाँचजनाको मृत्यु भएको जनाइएको छ ।
फिलिपिन्स विश्वव्यापीरुपमा सबैभन्दा प्रकोप–प्रवण देशमध्ये एक हो । मुख्यतया प्यासिफिक रिङ्ग अफ फायर र प्यासिफिक टाइफुन बेल्टमा यसको स्थानको कारण औसतमा, द्वीपसमूह देशमा वार्षिक २० ओटा आँधी आउने गरेको पाइन्छ । यीमध्ये केही तीव्र र विनाशकारी हुने गरेका छन् ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया