दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकबाट ७ लाख हस्तान्तरण
काठमाडौं । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैक लिमिटेडले बीमा बापतको रकम प्रदान गरेको छ । बैकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका नेपाली सेनाका राम बहादुर गुरुङ्गका परिवारलाई बैंकले सोही खातामा भएको योजना बमोजिम बीमा बापत सात लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
बैंकले उक्त रकम बिराटनगरमा एक कार्यक्रमका बीच मृतककी पत्नी जुनु गुरुङ्गलाई प्रदान गरिएको मेगा बैकले जनाएको छ । मृतक गुरुङ्गले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैकको बिर्तामोड शाखामा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका थिए ।
२०७८ सालमा सवारी दुर्घटनामा परी उनकाे निधन भएको थियो । बैंकले तलबी खातामा बीमा सुबिधा प्रदान गर्दै आएको बैंकको प्रदेश एकका प्रमुख विवेकबन्धु न्यौपानेले बताए।
न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बिमा गरिदिएको छ ।
ग्राहक र उनीहरूका परिवारलाई भइपरी आउने यस्ता घटनाबाट केही वित्तीय राहत मिलोस् भनेर ग्राहकका लागि बैंकले यो योजना ल्याएको जनाएकाे छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया