जापानमा महिलाको तलब बढ्यो, तर अझै पुरुषको भन्दा धेरै कम
एजेन्सी । जापानमा निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब बढेको छ ।
जापानमा महिला कामदारको औसत वार्षिक तलब सन् २०२१ मा ३० लाख २० हजार येन (२० हजार ८६७ अमेरिकी डलर) पुगेको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ ।
राष्ट्रिय राजस्व निकायले सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार निजी क्षेत्रका सबै कामदारको औसत तलब गत वर्ष ४४ लाख ३० हजार येन (३० हजार ६ सय १३ डलर) थियो ।
जुन सन् २०२० को तुलनामा २.४ प्रतिशतले बढी हो ।
सन् २०२१ मा पुरुषको औसत तलब ५४ लाख ५० हजार येन (३७ हजार ६ सय ६१ डलर) थियो ।
सन् २००२ यताकै उच्च हो तर सन् १९९७ मा ५७ लाख ७० हजार येन (३९ हजार ८ सय ७२ डलर) भन्दा कम हो ।
जापानमा पुरुषको तुलनामा महिलालाई ४५ प्रतिशत कम तलब दिइएको छ ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया