जापानमा महिलाको तलब बढ्यो, तर अझै पुरुषको भन्दा धेरै कम
एजेन्सी । जापानमा निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब बढेको छ ।
जापानमा महिला कामदारको औसत वार्षिक तलब सन् २०२१ मा ३० लाख २० हजार येन (२० हजार ८६७ अमेरिकी डलर) पुगेको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ ।
राष्ट्रिय राजस्व निकायले सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार निजी क्षेत्रका सबै कामदारको औसत तलब गत वर्ष ४४ लाख ३० हजार येन (३० हजार ६ सय १३ डलर) थियो ।
जुन सन् २०२० को तुलनामा २.४ प्रतिशतले बढी हो ।
सन् २०२१ मा पुरुषको औसत तलब ५४ लाख ५० हजार येन (३७ हजार ६ सय ६१ डलर) थियो ।
सन् २००२ यताकै उच्च हो तर सन् १९९७ मा ५७ लाख ७० हजार येन (३९ हजार ८ सय ७२ डलर) भन्दा कम हो ।
जापानमा पुरुषको तुलनामा महिलालाई ४५ प्रतिशत कम तलब दिइएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया