नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जसपाका कार्यकर्ताले जलाए राष्ट्रपतिको पुत्ला
काठमाडौं । संसद्को दुवै सदनले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएका छन् ।
राष्ट्रपतिको कदमले नेपाली नागरिकलाई गैरनागरिक बनाउने भन्दै जनता जसपाका युवा, विद्यार्थी तथा महिला संगठनहरूले उनको पुत्ला जलाएका हुन् ।
राजविराजस्थित शिव मन्दिरबाट निस्किएको जुलुस नगर परिक्रमा गर्दै जनआन्दोलन चोकमा पुगेका सहभागीहरूले राष्ट्रपति भण्डारीविरुद्ध चर्को नाराबाजीसमेत गरेका थिए ।
त्यसपछि उनीहरूले राष्ट्रपतिको पुत्ला जलाएका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया