सिट बाँडफाँटलाई अन्तिम रूप दिन सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । सिट बाँडफाँटलाई अन्तिम रूप दिन सत्तारुढ गठबन्धनको बैठक मंगलबार पनि बस्दैछ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गरी उम्मेदवारी दिने बिषयमा छलफल गर्न दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
पाँचदलीय गठबन्धनबीच भागबण्डा मिलाउन साउन २० गते ११ सदस्य कार्यदल बनाएको थियो । त्यसयता निरन्तर छलफल भएपनि गठबन्धन दलहरूबीच निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छैन । सत्ता घटक जसपाको शनिबार बसेको कार्यकारिणी बैठकले निर्वाचनमा सत्ता बाहिर पनि विकल्प खोज्ने निर्णय गरेपछि निर्वाचन क्षेत्रबारे थप छलफल गरी सहमतिको विकल्प खोजिने कार्यदलका सदस्य देव गुरुङले जानकारी दिए ।
‘उम्मेदवारी दर्ता गर्ने समय नजिकिँदै छ । सिट बाँटफाँटको सम्बन्धमा पाँचदलबीच धेरै ठाउँमा सहमति भएपनि केही ठाउँमा दाबी यथावत छन्’, उनले भने, ‘आजको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको सिट संख्यालाई अन्तिम रुप दिइनेछ ।’
यसअघि प्रतिनिधिसभातर्फ १६५ निर्वाचन क्षेत्रमा कांग्रेसले ८५, माओवादी केन्द्रले ४८, एकीकृत समाजवादीले १७, जसपाले १३ र राजमोले २ सिट पाउने लगभग सहमति गरेका थिए । तर सिट बाँटफाँटलाई लिएर एकीकृत समाजवादी र जसपाका नेताहरू असन्तुष्ट रहेका छन् ।
निर्वाचन आयोगका कार्यतालिका अनुसार प्रत्यक्ष उम्मेदवारका लागि असोज २३ गते उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया