यस्तो छ बुधबार राष्ट्रपतिको टीका प्रसाद प्रदान कार्यक्रम
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रप्रमुखको हैसियतमा योपटक पनि इच्छुक व्यक्तिहरूलाई विजया दशमीको टीका लगाइदिने भएका छन् । विजया दशमी २०७९ को अवसरमा राष्ट्रपति कार्यालयले बुधबार दिउँसो टीका र प्रसाद प्रदान कार्यक्रम राखेको छ ।
विशिष्ट र सर्वसाधारण गरी दुई चरणमा कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ । विजया दशमीको दिन राष्ट्रपतिले दिउँसो दुईदेखि तीन बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ । तीनदेखि पाँच बजेसम्म सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम राखिएको छ ।
टीका प्रसाद ग्रहण कार्याक्रममा सहभागीहरूलाई मर्यादित पोशाक अनिवार्य गरिएको छ । सहभागीहरू शितल निवासको १ नंम्बर प्रवेशद्ववारबाट प्रवेश गर्नुपर्नेछ ।
यसअघि राष्ट्रप्रमुखको हैसियतमा टिका प्रसाद प्रदान गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले भने योपटक पनि टीका नलगाइदिने भएका छन् । अघिल्लो पटक कोरोना महामारीको कारण देखाउँदै सर्वसाधरणालाई टीका लगाइदिएका थिएनन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार योपटक टीकाको उत्तम साइत बुधबार बिहान ११ : ५१ मिनेटमा रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया