चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौं । काठमाडौंको चन्द्रागिरिस्थित तल्लो मसिनेमा पहिरोले ध्यान केन्द्र पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब साढे एक बजे चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ मसिनेमारहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको वडाध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए ।
तामाङका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी छोरीको रहेका छन् ।
मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको तामाङले बताए ।
अबिरल वर्षापछि आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो । बिहान काठमाडौंबाट गएको प्रहरी टोलीले डोजरको साहयताले शव संकलन गरेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया