अमेरिकी प्रतिबन्धले नागरिकको स्वास्थ्यमा असर गरेको इरानको दाबी
काठमाडाैं । संयुक्त राज्य अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धका कारण सबै इरानी नागरिकको जीबिकोपार्जन, रोजगारी र स्वास्थ्यमा असर परेको इरानले दावी गरेको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले वासिङ्टनले लगाएको अन्धाधुन्ध प्रतिबन्धका कारण इरानी अधिकारी र सर्बसाधारण व्यक्तिहरूसमेत निशानामा परेको र यसले उनीहरूको जीविकोपार्जन, रोजगारी र स्वास्थ्यमा असर पारेको बताएका छन् ।
कनानीले इन्स्टाग्राममार्फत गरेको सन्देशमा लेखेका छन्, ‘हरेक दिन एउटा बहानामा इरानविरुद्ध प्रतिबन्धको नयाँ सूची जारी गरिन्छ । यस पटक इरानी गृहमन्त्री, सञ्चारमन्त्री र अन्य पाँच इरानी अधिकारीलाई अमेरिकी सरकारले प्रतिबन्ध लगाएको छ ।
एपिडर्मोलिसिस बुलोसा (ईबी) बाट पीडित बालबालिकालाई समेत ‘एकपक्षीय, गैर–कानूनी, अन्यायपूर्ण प्रतिबन्धहरू’ बाट छुट दिइएको छैन ।
बिहीबार अमेरिकी वित्त विभागले राजधानी तेहरानमा प्रहरी हिरासतमा एक युवतीको मृत्यु पछि ‘विरोध प्रदर्शनलाई दबाएको’ भन्दै इरानका आन्तरिक तथा सञ्चार मन्त्रीहरू क्रमशः अहमद वाहिदी र इसा जारेपोर तथा अन्य पाँच इरानी सुरक्षा अधिकारीहरूविरुद्ध नयाँ प्रतिबन्धहरू जारी गरेको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया